साल्ट ट्रेडिङको लाभांश घट्यो, गत वर्षको नाफाबाट सेयरधनीलाई साढे १० प्रतिशत बोनस प्रस्ताव
साल्ट ट्रेडिङ कर्पोरेशन नेपालले सेयरधनीलाई दिने लाभांश घटेको छ। गत आर्थिक वर्षको नाफाबाट साढे १० प्रतिशत दिने प्रस्ताव गरेको हो। कम्पनीको लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा आधाभन्दा बढीले घटेको हो।
आर्थिक वर्ष २०७६/७७ को नाफाबाट कम्पनीले २५ प्रतिशत लाभांश वितरण गरेको थियो। गत आर्थिक वर्ष २०७७/७८ का लागि भने जम्मा १०.५ प्रतिशत मात्रै लाभांशको प्रस्ताव साल्ट ट्रेडिङको फागुन २९ मा बसेको संचालक समिति बैठकको निर्णयबाट भएको हो।
बैठकको निर्णयअनुसार कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव छ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।
Comments