टिएमएसमा समस्या कायमै, समय थप हुने नहुने टुङ्गो लागेन

ब्रोकरको टिएमएसमा समस्या देखिए पनि अपरान्ह १२ बजेर ५३ मिनेटदेखि कारोबार बन्द भए पनि अझै खुल्ने या नखुल्ने टुङ्गो लाग्न सकेको छैन । टिएमएसमा समस्या देखिए पनि प्राविधिकहरुले रिस्टार्ट गर्ने प्रयास गरिरहेका छन् ।

टिएमएसमा समस्या देखिएकाले समस्या समाधान हुन अझै कति समय लाग्छ भन्न सकिने अवस्था छैन । यदि समाधान भयो भने पनि कारोबार अवधिको बाँकी समय दिने या नदिने विषयमा अहिलेसम्म निर्णय भएको छैन । सामान्यतया कारोबार अवधिमा कुनै पनि अवरोध आयो भने अवरोध भएको अवधिलाई कारोबार बन्द पछि पनि थप दिने प्रचलन छ । तर आज प्रणालीमै समाधान कतिवेला हुन्छ भन्न सक्ने अवस्था छैन । प्रणालीले कारोबार बन्द भएको देखाए पनि यस विषयमा नेप्सेले आधिकारिक रुपमा केहि पनि बोलेको छैन ।

अपरान्ह १२ बजेर ५३ मिनेटसम्म कारोबार हुँदा नेप्से सूचक ०.१५ अंकले सुधार देखिएको छ । कारोबार रकम भने एक अर्ब ३४ करोड रुपैयाँको मात्रै भएको छ । हिजो बीमा कम्पनीले उचालेको सेयर बजारमा आज भने केहि करेक्सन हुने संकेत देखिएको थियो । आइतबार १०१ अंकले सुधार भएको थियो । बीमा समितिले बीमा कम्पनीको पूँजी वृद्धि योजनाका लागि आवस्यक प्रकृयाँ अगाडी बढाउदा बीमाको सेयर मूल्यमा सर्वाधिक आकर्षण देखिएको हो ।

Comments

Back to top