नेप्सेमा इन्ट्राडे करेक्सन !
बजार खुलेको केहि समय मै १५ अंकले वृद्धि हुँदै पुनः १५ अंकले घट्दै नेप्से आज इन्ट्राडे करेक्सन गरेको छ। करिब २ घण्टामा १.३५ अर्बको कारोबार गर्दै नेप्से अहिले २६७० को तलमाथि चलिरहेको छ। हिजो साताको पहिलो दिन आक्रामक रुपले बढेको बजारमा आज भने कारोबार सुस्ताएको देखिन्छ। १ बजेसम्म सर्वाधिक कारोबार नेपाल लाईफ इन्स्योरेन्स साथै लाइफ इन्स्योरेन्स कम्पनि नेपालले सेयर मूल्य बढेर गरेका छन्। त्यस्तै हाइड्रो सेक्टरबाट भने अपि पावर र अरुण भ्यालीकोको सर्वाधिक कारोबार कम्पनिको सेयर मूल्य घटेर भएको हो।
आज सर्वाधिक मूल्य बढेको कम्पनी भने राष्ट्र उत्थान लघुवित्त ६% र इमर्जिंग पावर ४% हुन्। हिजो सोहि अवधिमा धेरै जसो बिमा कम्पनीहरुले सर्वाधिक गेन गरेका थिए।
Comments