नेशनल हाइड्रोपावरको प्रस्तावित लाभांश आज पारित हुने
नेशनल हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभा आज फागुन ३० गते गर्दैछ । कम्पनीले चुक्ता पूँजीको १९ दशमलव ५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले १८ दशमलव ५२५ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.९७५ प्रतिशत नगद लाभांश सहित १९ दशमलव ५ प्रतिशत लाभांश दिने भएको हो ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन १३ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा आज फागुन १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले बोनश शेयर वितरण पछि कामय पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त बोनश सेयर तथा हकप्रद शेयर निष्काशनको प्रस्ताव पारितका लागि सभाले सञ्चालक समितिमा ७ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ । कम्पनीले सुनकोशी हाइड्रोपावर कम्पनीलाई २५ प्रतिशतमा खरिद गर्ने विशेष प्रस्ताव पनि सभामा लैजाने भएको छ ।
Comments