नेप्सेमा १०१ अंकको उछाल, बुलिश क्यान्डल बनाउँदै उकालो यात्राको संकेत

आज आइतबार १०१. ०७ अंकले बढेर ३.९४ % वृद्धिको साथ नेप्से  २६६७.९७ अंकमा बन्द भएको छ। कारोबार भएका २२८ कम्पनीमध्ये  १८८ कम्पनी उकालो लागेका छन् भने ४ कम्पनी ओरालो लागेका छन्।

कारोबार भएका तेह्र उप-समुहमध्ये सबै १३ उप-समुहको सेयर मूल्य उकालो लागेका छन् ।

बजार पूँजीकरण बढेर रु ३७ खर्ब ८० अर्ब पुगेको छ ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: March 13, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाउँछ (आजको फरकः ३४८) जसले बजारमा भोलाटाइलिटी घटेको  इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड (२६७०) भन्दा तल २६६७ सम्म आएर बन्द भएको छ।  आज  इन्ट्राडे हाइमा नेप्से बन्द भएको हो जहाँ खरिद चाप बढी  भएको देखिन्छ।

२.  मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन  भन्दा -५३  मा आएको  देखिन्छ। हिस्टोग्राम हिजोको  -२४ बाट घटेर आज  -८ अकंमा आएको छ। एमएसिडी लाइन तलतिर बाट माथि तिर सिग्नल लाइन लाइ क्रस गर्न जाने जस्तो देखाएको छ  र सिग्नल लाइन जिरो लाइन भन्दा तल  -४४ मा आएको  छ।  समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा खरिदकर्ता  हाबी भएको देखिन्छ।  

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरमा आज पनि +१४ डिएमआई लाइनले सिग्नल लाइनलाई तल बाट  क्रस गरेर माथि आक्रामक रुपमा लागेको  देखिएको छ  साथै  -१४ डिएमआई लाइन माथि बाट तल फर्केको  छ।  सिग्नल लाइन भने तलतिर + १४ डीएमआई लाइन  क्रस गरेर तल लागेको  देखिएको छ जसले बुलिस   ट्रेन्ड निरन्तरता दिने जस्तो देखाएको छ ।  -१४ डिएमआई लाईन माथिबाट तल  फर्किएको देखिन्छ देखिन्छ जसले सेलिंग कम  भएको  जनाउँछ।  

४. क्यान्डलस्टिक

आज नेप्सेले बुलिश  क्यान्डल  बनाएको छ जसले  बजारमा  खरिद बढी भएको जनाउँछ ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: March 13, 2022

क्युमुलेटिभ एडी लाइन  -२९८१  देखि बढेर  -२७९७  मा आएको छ। नेप्सेको कुल भोल्युम ८२९१३२१ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (६१३२०१३)  को १३५ प्रतिशत देखिएको छ।

नेप्से आज मिडल  ब्याण्ड २६७० नजिक तल २६६७ मा  क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल  -५३ आएको छ जुन आक्रामक रुपले माथितिर लाग्दै  छ र सिग्नल लाईन पनि जिरो लाइन तल -४४  मा  आएको छ भने हिस्टोग्राम -८  मा रहेको छ ।

-१४ डिएमआई लाइन तल फर्किएको छ भने +१४ डिएमआई लाईन तलतिर बाट माथि  लागेको छ  र एडिएक्स लाइन +१४ डीएमआई लाइनलाइ क्रस गरेर तलतिर फर्किएको छ  जसले  ट्रेन्ड निरन्तर हुनसक्ने जस्तो देखिएको छ। आज बजारमा खरिदकर्ताको  मोमेन्टम बढेको सङ्केत गर्छ। आरएसआइ आज २७.४४ बाट बढेर ४९ मा पुगेको छ आरएसआइको मोमेन्टम बढेको जनाउँछ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २५७०  को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको  अवरोध २७०० को एरिया रहेको देखिन्छ।

Comments

Back to top