पहिलो दिन नेप्सेमा रौनक: नेप्से इन्ट्राडे अपडेट

आज १ बजेसम्म नेप्से सूचक ८२ अंकले वृद्धि हुँदा बजारमा उछाल आएको छ। चैत्र महिनाको लागि ब्याजदर वृद्धि नहुने समाचार बाहिरिएसँगै बजारमा हरियाली देखिएको हो। आज २ घण्टाको अवधिमा कारोबार पनि बढेर गएको छ। गत साताको दिनहरुमा यो अवधिमा १ अर्ब को कारोबार भएको थियो भने आज सोही अवधिमा ३ अर्बको भएको देखिन्छ।

सर्वाधिक कारोबार गर्नेमा शिवम् सिमेन्ट अगाडी रहेको छ भने सर्किट लेबलमा कारोबार गर्ने ज्योति लाइफ इन्स्योरेन्स , कर्पोरेट डेवलप्मेन्ट बैंक र राष्ट्रिय बिमा संस्था हुन्।

Comments

Back to top