सपोर्ट लघुवित्त वित्तीय संस्थाको पुस ६ गते वार्षिक साधारण सभा
सपोर्ट लघुवित्त वित्तीय संस्थाले पुस ६ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभामा कम्पनीले १३.७७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायत विवरणमा छलफल हुनेछ । चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने एजेन्डा पनि छ ।
साथै, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । साधारण सभा प्रयोजनका लागि यस लघुवित्तले मंसिर १४ गते बुक क्लोज गर्ने भएको छ ।
तसर्थ, मंसिर १३ गते बिहीबारसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । साधारण सभा, दुर्गा पार्टी प्यालेस, इटहरी९४, सुनसरीमा बिहान ११ बजे सरु हुनेछ ।
एजेन्सी
Comments