ई–सेवाको दशैँ–तिहार अफर : जुनसुकै कारोबार गर्दा विद्युतीय कार जित्ने माैका

नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले यसपालिको दशैँ–तिहार र छठ पर्व लक्षित गरेर ई–सेवा महाउत्सव : ई–सेवाको कारोबारमा नामीको दामी कार अफर सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत असोज १ गतेदेखि आउँदाे कात्तिक ३० गतेसम्म ई–सेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्तामध्ये एक जना भाग्यशाली प्रयोगकर्ताले नामी विद्युतीय कार जित्न सक्ने कम्पनीले जनाएकाे छ । कार जित्न योग्य हुनका लागि आफ्नो आवश्यकता अनुरूप ई–सेवाका जुनसुकै सेवाको प्रयोग वा ई–सेवाबाट कारोबार गर्दा बम्पर उपहार जित्ने सकिनेछ ।

यसका साथै १ सय रुपैयाँको खेलमा हरेक महिना एक जना भाग्यशाली प्रयोगकर्ताले आईफाेन–१६ पनि जित्न सक्ने ई–सेवाले जनाएकाे छ । १ सय रुपैयाँमा यो खेल खेल्न सकिनेछ भने त्यो रकम प्रयोगकर्ताहरूले मोबाइल रिचार्जको रूपमा फिर्ता नै पाउनेछन् ।

त्यसैगरी दैनिक र साप्ताहिक रूपमा पनि आकर्षक अफर र उपहार जित्न सकिने कम्पनीले जनाएकाे छ। दैनिक अफरअन्तर्गत अफरको समयावधिमा हरेक दिन निर्धारित समयका लागि 'फ्ल्यास सेल' को रूपमा अफर आउनेछ । याे सेलमा प्रयोगकर्ताले तोकिएको समयमा अधिकतम छुट तथा क्यासब्याक पाउन सक्नेछन् । साप्ताहिक रूपमा आउने अफरमा भने हरेक हप्ताको मङ्गलवार ई–सेवाका विभिन्न सेवाहरू : मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, ई–स्पिकर खरिद, बीमा भुक्तानी लगायतका सेवाहरूमा विशेष छुट तथा क्यासब्याक पाउन सकिनेछ । यी अफरहरूबारे थप जानकारी ई–सेवाको फेसबुक, इन्स्टाग्राम पेज लगायतका आधिकारिक सामाजिक सञ्जालहरूमार्फत प्राप्त गर्न सकिनेछ ।

एजेन्सी

Comments

Back to top