नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा मोरङको कञ्चनबारीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोरङको कञ्चनबारीमा नयाँ शाखा विस्तार गरेको छ।

बैंकले मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं ४ मा बिहीबारदेखि कञ्चनबारी शाखा संचालनमा ल्याएकोे हो।

यो शाखासहित बैंकको शाखा संख्या २७३ पुगेको छ। नयाँ शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको बैंकले जनाएको छ। बैंकका कोशी प्रदेश प्रमुख यशपालकुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा बैंकका प्रदेश प्रमुखले नयाँ शाखाबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए।

एजेन्सी

Comments

Back to top