सीजी मोबाइलसँग सानिमा बैंकको सहकार्य, नथिङ मोबाइल किस्ताबन्दीमा पाइने

सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सीजी मोबाइल प्राइभेट लिमिटेडमा विशेष छुटको व्यवस्था गरेको छ।

सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत सीजी मोबाइल प्राइभेट लिमिटेडमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरूलाई विशेष छुटको व्यवस्था गरेको हो।

नथिङ तथा सीएमएफ ब्रान्ड्सका मोबाइल फोनको खरिदमा ७४ प्रतिशतसम्म तथा इयरबड तथा तथा अन्य एक्सेसरीजको खरिद गर्दा नौ प्रतिशतसम्मको छुट पाउन सक्नेछन्।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ। बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरू तथा १२४ वटा एटिएमहरू सञ्चालनमा रहेका छन्।

एजेन्सी

Comments

Back to top