राष्ट्र उत्थान लघुवित्तको आइपीओको कारोबार रेञ्ज: १६७.४३ देखि ५०२.२९ रुपैयाँसम्म

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आइपीओ) सूचिकृत भएको छ। नेप्सेमा बिहीबार लघुवित्तको जम्मा २६ लाख कित्ता सेयर सूचिकृत भएको हो।

नेप्सेले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको कारोबारी सिम्बोल ‘RULB’ निर्धारण गरेको छ।

राष्ट्र उत्थान लघुवित्तले फागुन ४ गतेदेखि ८ गतेसम्म प्राथमिक सेयर बिक्रि खुलाएको थियो। लघुवित्तले जारी पुँजी २६ करोडको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपिओ निष्काशन गरेको हो।

जसमध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने १३ लाख रुपैयाँको १३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ४२ लाख ५० हजार रुपैयाँको ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरेको थियो। बाँकि ७ लाख ९४ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन्।

सर्वसाधारणहरुलाई बिक्रि गरेको ८ लाख ५० हजार कित्ता रसंस्थापकहरु तर्फको १७ लाख ५० हजार कित्ता सेयर गरी कुल २६ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो।

नेप्से र राष्ट्र उत्थान लघुवित्त बीच सूचीकरणको सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट संस्थाको सेयर दोस्रो बजारमा खरिद बिक्रि गर्न सकिनेछ। नेप्से र राष्ट्र उत्थान लघुवित्त बीच बिहिबार सूचीकरणको सम्झौता सम्पन्न भएको छ। लघुवित्तको सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।

नेप्सेले लघुवित्तको पहिलो कारोबारको रेञ्ज भने १६७.४३ रुपैयाँ देखि ५०२.२९ रुपैयाँसम्म तोकेको छ। सोहि मूल्यलाई आधार मानेर लघुवित्तको पहिलो कारोबार हुनेछ।

Comments

Back to top