हिमालय एअरलाइन्सले कुवेतमा उडान पुनः सुचारु गर्दै

हिमालय एअरलाइन्सले कुबेतमा आफ्नो सिधा उडान पुनः सुरु गर्ने भएको छ । नेपालको एक मात्र निजी अन्तर्राष्ट्रिय एअरलाइन्स्, हिमालयले आउँदो अगस्ट २० देखि कुवेतमा आफ्नो सीधा उडान पुनः सुरु गर्ने भएको हो ।

यात्रुहरूको आवश्यकता पूरा गर्ने हाम्रो प्रतिबद्धतालाई देखाउँदै कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको अत्याधिक मागलाई सम्बोधन गर्न हिमालय आफ्नोे सीधा उडान पुनः सञ्चालन गर्न लागेको हो ।

पुनः सुरु गरिएको उडानले एअरलाइन्स्को दुई राष्ट्रका नागरिक–नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले सेवा र ग्राहक अनुभवलाई अझ सुदृढ बनाउनका लागि कुवेतका लागि जनरल सेल्स एजेन्ट (जीएसए) पार्टनरको रूपमा सिजर्स ट्राभल गु्रपलाई नियुक्त गरेको छ। सुरुवातमा काठमाडौँ–कुवेत–काठमाडौँ हवाई मार्गमा हप्तामा एक उडान सञ्चालन गर्ने कम्पनीले जनाएको छ। थप मागको आधारमा उडानहरू थप्ने योजना बनाएका कम्पनीले जनाएको छ।

काठमाडौँ–कुवेत उडान (एच९, ५७१), काठमाडौँबाट स्थानीय समय अनुसार बिहान ००ः४० बजे उडान भरेर स्थानीय समय अनुसार बिहान ०३ः१५ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । त्यसैगरी कुवेत–काठमाडौँ उडान (एच९, ५७२), कुवेतबाट स्थानीय समय बिहान ०४ः१५ मा उडान भर्ने र स्थानीय समय अनुसार बिहान ११ः५० मा काठमाडौँ अवतरण गर्नेछ ।

एजेन्सी

Comments

Back to top