अपी पावरले एक करोड आठ लाख ६० हजार कित्ता हकप्रद जारी गर्ने

अपी पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको स्वीकृति पाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट फागुन २६ गते १०ः३.९३६२९२६ को अनुपातमा हकप्रद निष्कासनको अनुमति पाएको हो।

अपी पावरले गत असोज २५ मा हकप्रद निष्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो। बोर्डको स्वीकृतिपश्चात अपी पावरले आफ्ना सेयरधनीहरुलाई एक अर्ब आठ करोड ६० लाख रुपैयाँ बराबरको एक करोड आठ लाख ६० हजार कित्ता हकप्रद जारी गर्नेछ।

अपीले गत भदौ २५ मा सम्पन्न गरेको १८औं वार्षिक साधारणसभाबाट हकप्रद निष्कासनको प्रस्ताव पारित गरेको थियो।

हाल अपी पावरको चुक्ता पुँजी दुण अर्ब ७५ करोड ८९ लाख रुपैयाँ छ। हकप्रद सेयर निष्कासनपछि अपीको चुक्ता पुँजी ३ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ पुग्नेछ ।

अपीले हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटललाई दिएको छ ।

यसअघि गत जेठमा पनि अपी पावरले २९.३८ प्रतिशत हकप्रद बिक्री गरेको थियो।

Comments

Back to top