टाटा ‘एक्सप्रेस–टी’ ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा

टाटा मोटर्सको ‘एक्सप्रेस–टी’ विद्युतिय ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा सञ्चालनमा आएको छ। ग्राहकको सुविधा, सेवा सञ्जाल विस्तार र सेवालाई परिस्कृत गर्नका लागि खाडीचौरमा चार्जिङ्ग स्टेसन थप गरिएको कम्पनीले जनाएको छ ।

टाटा मोटर्स को ‘एक्सप्रेस–टी’ विद्युतीय ट्याक्सी ग्राहक, यात्रु तथा सञ्चालकहरुले मन पराएका छन्। नयाँ प्रविधिका साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठुलो गाडी, सामान राख्न पर्याप्त बूट स्पेसले गर्दा पनि यो विद्युतीय गाडी रोजाईमा परेको हो ।

एक्सप्रेस–टी’ मा १ वर्षको गाडीको बिमा, ३ वर्ष सम्मको निःशुल्क सर्भिसिङ्ग, साथै एक लाख ६० हजार किलोमिटरसम्मको ब्याट्री र मोटरमा वारेन्टीको सुविधाहरु रहेको छ । त्यस्तै खाडीचौर,बालकुमारी, भक्तपुर, गोंगबु, कपनमा पनि ‘एक्सप्रेस–टी’ को लागि फास्ट चार्जरको व्यवस्था रहेको छ ।

अब छिट्टै दुधौली कटारीमा पनि ट्याक्सीको लागि फास्ट चार्जर राख्ने प्रक्रिया शुरु भइसकेको कम्पनीले जनाएको छ । 

एजेन्सी

Comments

Back to top