नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३९.७१ प्रतिशतले बढ्यो
गत आर्थिक वर्षको असार मसान्तसम्म नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३९.७१ प्रतिशतले बढेर ५ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ७२ करोड रुपैयाँ रहेको थियो ।
बैंकको खुद ब्याज आम्दानी २२.०१ प्रतिशतले बढेर १५ अर्ब २ करोड रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा २१.६२ प्रतिशतले बढेर ८ अर्ब ७ करोड पुगेको छ ।
बैंकको वितरण योग्य नाफा ऋणात्मक छ । बैंकले २०८१ असार मसान्तसम्म ७ खर्ब ३ अर्ब ४२ करोड रुपैयाँ बराबरको निक्षेप परिचालन गरी ३ खर्ब ७ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ३४ अर्ब १३ करोड रहेको छ । जगेडा कोषमा ३० अर्ब ५७ करोड छ।
बैंकको प्रतिसेयर आम्दानी १५.२३ रुपैयाँ, नेटवर्थ १८० रुपैयाँ रहेको छ । बैंकको निष्क्रिय कर्जा ४.५४ प्रतिशतबाट बढेर ४.९५ प्रतिशत रहेको छ । खुद निष्क्रिय कर्जा १.६६ प्रतिशत रहेको छ ।
एजेन्सी
Comments