ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब १ करोड

 ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफामा सामान्य गिरावट देखिएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा १०.१३ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी २ दशमलव ७४ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकले १६ अर्ब ६३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने खुद फि तथा कमिशन आम्दानी २९ दशमलव ९० प्रतिशत बढेको छ। बैंकको सञ्चालन मुनाफा ८ दशमलव २५ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा ३ दशमलव १५ प्रतिशतबाट बढेर ४ दशमलव ३७ प्रतिशत पुगेको छ। ३६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २४ अर्ब ८५ करोड रुपैयाँ सञ्चित रहेको छ ।

यस अवधिमा बैंकको निक्षेप १४ दशमलव ३४ प्रतिशत बढेको छ । कर्जा लगानी ४ दशमलव २३ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १० करोड रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६ पैसा घटेर १६ रुपैयाँ ६५ पैसामा झरेको छ।

असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात ११.६६ गुणा रहेको छ।

एजेन्सी

Comments

Back to top