नेप्सेमा आगामी हप्ताको लागि रणनीति: प्राविधिक विश्लेषणसहित
गत साता ४.३% ले घटेको नेप्से यो साता भने ०.७८% ले बढेको छ। यस साताको पहिलो कारोबार दिन आइतबार २५४२ को बिन्दुमा खुलेको नेप्से, साताको अन्तिम कारोबार दिन बिहिबार भारि अंक ५२ ले बढेर नेप्से २५६६ को बिन्दुमा पुगेको छ। साताको सुरु दिन बाटै कारोबार साँघुरिदै आएको बजार बिहिबार भने केहि सुधार हुँदै बजारमा उछाल आएको हो। साताभरि भारी गिरावट आएको नेप्से बिहिबार को वृद्धिसँगै सातामा १७ अंक बढेर ह्याम्मर क्यान्डल बनाएको छ । २५०० को बिन्दु लाई राम्रो सपोर्ट बनाएर फर्केको नेप्से साता को अन्तिम कारोबारमा ट्रेन्ड रिवर्सल भएको संकेत देखिन्छ।
यस साता कारोबार भएका १३ उप-समुहहरुमध्ये ११ उप-समुह उकालो लागेका छन् भने २ उप-समुह ओरालो लागेका छन्।
यस साताको टप गेनर्स(Top Gainers)
यस साताको टप लुजर्स(Top Loser)
यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनिहरु (Top Traded Stocks By Units )
Top Buyer Brokers
प्राविधिक विश्लेषण
गत साता मिडल ब्याण्डको सपोर्ट २७९० लाई ब्रेक गरेर मिडल ब्याण्ड भन्दा तल क्लोज गरेको नेप्से यस साता ह्याम्मर क्यान्डाल बनाउदै गत साताको क्लोजिंग भन्दा माथि क्लोज गरेको छ जसले बजारमा खरिद बढी भएको जनाउँछ। एमएसिडि लाइन जिरो लाइन भन्दा तल -१९ मा आएको छ र सिग्नल लाइन पनि जिरो लाइन भन्दा तल १३ मा आएको छ तर हिस्टोग्राम भने खासै ठुलो नबनाएको देखिन्छ जसले बजारमा बिक्रिकर्ता कम भएको जनाउँछ। -१४ डिएमआई लाईनल, +१४ डिएमआई लाईन माथि रहेको देखिन्छ जसले बजारमा सेलिङ मोमेन्टम बढेको जनाउँछ । आरएसआइ ४३ बाट बढेर ४४ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम बढेको देखिन्छ । नेप्सेको आगामी दिनको नजिकको सपोर्ट फिबोनाकी २५०० रहेको देखिन्छ र नेप्सेको आगामी दिनको अवरोध २६१० को लेबल हुन आउँछ।
आगामी हप्तामा बुलिश ट्रेण्ड रहने हुँदा ढुक्कसँग सेयर लगानी गर्न विज्ञहरु जोड दिन्छन् । लगानीकर्ताहरुले आफ्नो स्व-विवेक प्रयोग गरी सेयर खरिद गर्दा आगामी हप्तामा लगानी बढ्ने संकेत बजारमा देखिएको सेयर विश्लेषकहरु बताउँछन् ।
Comments