मंगलबार ५३.३० अंकले बढेर १.९७ % वृद्धिको साथ नेप्से २७५४.२८ पुगेको छ। कारोबार भएका २२४ कम्पनीमध्ये १७९ कम्पनी उकालो लागेका छन्, ७ कम्पनी ओरालो लागेका छन् र ५ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका तेह्र उप-समुहमध्ये सबै उप-समुहको सेयर मूल्य उकालो लागेका छन्।
बजार पूँजीकरण बढेर रु ३८ खर्ब ९२ अर्ब पुगेको छ।
प्रमुख कारोबार
प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड
हिजो भन्दा बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाउँछ (आजको फरकः २७० ) जसले बजारमा भोलाटाइलिटी आज घटेको इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड (२७०० ) भन्दा माथि क्लोज भएको छ जसले बजार लोवर ब्याण्डमा सपोर्ट लिएर माथि जान लागेको जनाउँछ ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन नजिक बाट फर्किन लागेको देखिन्छ। हिस्टोग्राम हिजोको -२७.६० बाट बढेर -२५.३२ अकंले घटेको छ। एमएसिडी लाइन र सिगनल दुवै माथि तिर फर्कन लागेको छ जसले बुलिश डाइभर्जेन्स बनाउन जाने संकेत गर्दछ ।
३ .डाइरेक्सनल मुभमेन्ट
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले भने हिजो भन्दा आज +१४ डिएमआई लाइन बढेको देखिएको छ साथै -१४ डिएमआई लाइन भने तलतिर नै फर्किएको देखिएको छ र सिग्नल लाइन भने आज तल नै गएको देखिएको छ। +१४ डिएआई र -१४ डिएमआई लाईनले एक अर्कालाई क्रस गरेर डाइभर्ज गएको देखिन्छ र भोलि एडी सिग्नल लाइन पनि माथि तिर लाग्न थाल्यो भने बुलिस यात्राको संकेत गर्दछ।
४. क्यान्डलस्टिक
आज नप्सेले हिजोको इन्भर्टेड ह्याम्मर क्यान्डलस्टिक भन्दा माथि बुलिस क्यान्डल बनाएको छ जसले ट्रेन्ड रिभर्सलको साथै कन्फरमेसन को संकेत गर्दछ।
५. क्युमुलेटिभ एडी लाइन
क्युमुलेटिभ एडी लाइन -२३६७ देखि बढेर -२१९७ मा आएको छ। नेप्सेको कुल भोल्युम ५२१२३९६ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (९५२७३४४) को ५५ प्रतिशत देखिएको छ।
नेप्से आज लोवर ब्याण्ड भन्दा माथि क्लोज भएको छ जसले बजार सपोर्ट बाट माथितिर लाग्न लागेको देखिन्छ। एमएसिडी लाइन जिरो लाइन माथि फर्केको छ र सिग्नल लाईन पनि जिरो लाइन भन्दा माथी रहेको छ भने हिस्ट्रोग्राम -२५.३२ मा रहेको छ । एमएसिडी लाइन र सिग्नल लाईन माथि फर्किन लागेको देखिन्छ जसले बजारमा खरिदकर्ता को हाबी भएको जनाउँछ।
-१४ डिएमआई लाइन बढेको छ भने +१४ डिएमआई लाईन र एडिएक्स लाइन दुवै घटेको छ जसले बजारमा सेलिङ मोमेन्टम बढेको सङ्केत गर्छ। आरएसआइ आज ४०.२५ बाट बढेर ४०.२६ मा आएको छ जसले आरएसआइको मोमेन्टम केहि बढ्न लागेको जनाउँछ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २७०० को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको अवरोध २८०० को एरिया रहेको देखिन्छ ।
Comments