कर्पोरेट डेभलपमेन्ट बैंकको असार १९ गते वार्षिक साधारण सभा

कर्पोरेट डेभलपमेन्ट बैंकको असार १९ गते वार्षिक साधारण सभा बस्ने भएको छ । यसपटक साधारण सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । तसर्थ, यो पटक सेयरधनीको हात खाली हुनेछ ।

कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानुपर्ने भएमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने एजेन्डा पनि सभामा पेश हुनेछ ।

आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । साधारण सभा प्रयोजनका लागि बैंकले असार १० गते बुक क्लोज गर्ने भएको छ ।

तसर्थ, आज (असार ९ गते) सम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । साधारण सभा बैंकको  प्रधान कार्यालय  गीतामन्दिर रोड, वीरगञ्ज पर्सामा बिहान ७ः१५ बजे सुरु हुनेछ ।

एजेन्सी

Comments

Back to top