हिमालय ऊर्जालाई हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति

नेपाल धितोपत्र बोर्डले हिमालय ऊर्जा विकास कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनिमति दिएको छ । बोर्डले कम्पनीलाई १०० प्रतिशत अर्थात्, १ बराबर १ अनुपातमा ९९ लाख १ कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो । हकप्रद सेयर निष्कासनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेड बिक्री प्रबन्धक नियुक्त भएको छ।

उक्त हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ । बोर्डले ६ महिनापछि हकप्रद जारी गर्न अनुमति दिएको हो । बोर्ड अध्यक्ष रमेश हमालको कार्यकाल सकिएसँगै हकप्रद, आइपीओ अनुमतिको कामठ ठप्प हुँदै आएको थियो । यसबीचमा दर्जनौं कम्पनीहरु हकप्रद र आइपीओ जारी गर्नका लागि पाइपलाइनमा रहेका छन् । अब बल्ल पुनः यो प्रक्रिया सुरु भएको देखिन्छ ।

एजेन्सी

Comments

Back to top