ग्लोबल इक्विटी फण्डको विशेष साधारणसभा आज

ग्लोबल इक्विटी फण्ड लिमिटेडले आज असार ७ गते विशेष साधारणसभा गर्दैछ । कम्पनीको गत जेठ २१ गते बसेको संचालक समितिको बैठकले ललितपुरको सानेपामा बिहान १० बजे सभा बस्ने निर्णय गरेको हो ।

सभाले हकप्रद शेयर जारी गर्ने र यस कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ । साथै सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने, सञ्चालकहरूको संलग्नता रहेको कम्पनीसँगको कारोबारको स्वीकृति दिने र कम्पनी ऐन, २०६३ को दफा ६० बमोजिम रणनीति पेश गर्ने एजेण्डा पनि रहेको छ ।

सभा प्रयोजनार्थ कम्पनीले जेठ ३१ गते बुक क्लोज गरिसकेको छ । यसका आधारमा जेठ ३० गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन् ।

एजेन्सी

Comments

Back to top