नेप्से १०.४४ अंकले घट्यो, कारोबार रकम ३ अर्ब ८७ करोड!

बिहिबार नेप्से परिसूचक १०.४४ अंकले घटेर २,०६८.३१ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०६ कम्पनीको कुल ८६ लाख ६३ हजार ६९९ कित्ता सेयरको करिब ३ अर्ब ८७ करोड ७ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ५२ कम्पनीको सेयर मूल्य बढेको छ, १८६ कम्पनीको मूल्यमा गिरावट छ भने ८ कम्पनी स्थिर रहेका छन्।

यस दिन कारोबार भएका ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.७१ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.२८% ले घटेको छ। कारोबार रकमका र भोल्यूमका आधारमा माउन्टेन इनर्जी नेपाल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड १४ लाख बराबरको सेयर कारोबार भएको छ। 

Comments

Back to top