सिटिजन्स बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी यस बहादुर खत्रीको नाममा रहेको २७ हजार २४३.३३ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

संस्थापकहरूले यो शेयर किन्न नचाहेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०५ रुपैयाँ रहेको छ ।

सो शेयर किन्न इच्छुक सर्वसाधारण वा संस्थाले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

 

Comments

Back to top