नेप्से २.२७ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब ४० करोड!

बुधबार नेप्से परिसूचक २.२७ अंकले बढेर २,०७८.७६ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०८ कम्पनीको कुल ७२ लाख ९ हजार ७५७ कित्ता सेयरको करिब ३ अर्ब ४० करोड ४३ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १३५ कम्पनीको सेयर मूल्य बढेको छ, १०४ कम्पनीको मूल्यमा गिरावट छ भने ८ कम्पनी स्थिर रहेका छन्।

यस दिन कारोबार भएका ७ उपसमूहको परिसूचक घटेको छ भने ६ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

 

यस दिन टप गेनरमा नेपाल फाइनान्स लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.८८% ले घटेको छ। कारोबार रकमका र भोल्यूमका आधारमा नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २० करोड २३ लाख बराबरको सेयर कारोबार भएको छ। 

Comments

Back to top