नेप्सेमा १८.७६ अंकको गिरावट, कारोबार रकम ४ अर्ब ५ करोड!

मंगलबार नेप्से परिसूचक १८.७६ अंकले घटेर २,०७६.४९ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१८ कम्पनीको कुल ९५ लाख ४४ हजार ७३४ कित्ता सेयरको करिब ४ अर्ब ५ करोड ५७ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ४० कम्पनीको सेयर मूल्य बढेको छ, १९८ कम्पनीको मूल्यमा गिरावट छ भने ९ कम्पनी स्थिर रहेका छन्।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक घटेको छ।

 

प्रमुख कारोबार

यस दिन टप गेनरमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका र भोल्यूमका आधारमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड २७ लाख बराबरको सेयर कारोबार भएको छ। 

Comments

Back to top