माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा

माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी गणेश बहादुर श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यो  शेयर बैंकका विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति वा संस्थाहरूले किन्न पाउनेछन् ।

शेयर किन्न इच्छुकले ७ दिनभित्र सुन्धाराको बाघदरवारस्थित माछापुच्छ्रे क्यापिटलको शेयर विभागमा खरिद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाई निवेदन दिनुपर्नेछ ।

बैंकले यसअघि यो शेयर संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याएकोमा तोकिएको समयभित्र आवेदन नपरेपछि जोकोहीले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याएको जनाएको छ ।

एजेन्सी

Comments

Back to top