नेप्सेमा आज दोहोरो अंकको वृद्धि, बजार फर्किने संकेत
आज बिहिबार ५२.२१ अंकले बढेर २.०८ % वृद्धिको साथ नेप्से २५६६.७९ अंकमा बन्द भएको छ। कारोबार भएका २२६ कम्पनीमध्ये १८६ कम्पनी उकालो लागेका छन्, ५ कम्पनी ओरालो लागेका छन् र १ कम्पनी स्थिर रहेको छ।
कारोबार भएका तेह्र उप-समुहमध्ये १२ उप-समुहको सेयर मूल्य उकालो लागेका छन् भने मात्र १ उप-समुहको सेयर मूल्य ओरालो लागेको छ ।
बजार पूँजीकरण बढेर रु ३६ खर्ब ३७ अर्ब पुगेको छ ।
प्रमुख कारोबार
प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड
आज बोलिन्जर ब्याण्डमा अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाउँछ (आजको फरकः ४०८) जसले बजारमा भोलाटाइलिटी बढेको इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड (२४९१ ) भन्दा माथि आएर २५६६ बन्द भएको छ भने आज खरिदकर्ताहरु हाबी भएको देखिन्छ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन भन्दा तल -६२ आएर फर्किन लाएको देखिछ। हिस्टोग्राम हिजोको -२४ भन्दा केहि बढेर आज -१९ अकंमा आएको छ। त्येस्तै सिग्नल लाइन जिरो लाइन भन्दा तल -४२ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा बिक्रिकर्ताको कम भएको देखिन्छ र अन्तिम समयमा खरिद चाप बढेको देखिन्छ।
३ .डाइरेक्सनल मुभमेन्ट
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले भने आज +१४ डिएमआई लाइनले तल तिर निरन्तरता दिन रोक्र्को जस्तो देखिएको छ साथै -१४ डिएमआई लाइन माथि बाट तलतिर फर्किएको छ भने सिग्नल लाइन तलतिर बाट +डीएमआइ लाइनलाइ क्रस गरेर माथि लागिरहेको थियो तर आज केहि स्थिर देखिन्छ जसले ट्रेन्ड रिभर्सल हुन सक्ने जस्तो देखाएको छ । -१४ डिएमआई लाईन माथितिर डबल टप बनाएर तल आएको छ जसले सेलिंग कम भएको जनाउँछ।
४. क्यान्डलस्टिक
आज नेप्सेले बुलिस क्यान्डल बनाएको छ जसले बजारमा खरिद बढी भएको जनाउँछ ।
५. क्युमुलेटिभ एडी लाईन
क्युमुलेटिभ एडी लाइन -३१८१ देखि घटेर -२९८१ मा आएको छ। नेप्सेको कुल भोल्युम ४४२००६८ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (६३३९१५१) को ७० प्रतिशत देखिएको छ।
नेप्से आज लोवर ब्याण्ड २४९९ माथि क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा तल -६२ मा पुगेको छ र सिग्नल लाईन पनि जिरो लाइन तल -३८ मा आएको छ भने हिस्टोग्राम -२४ मा रहेको छ ।
-१४ डिएमआई लाइन माथि बाट तल फर्किएको छ भने +१४ डिएमआई लाईन तलतिर जान रोकिएको र एडिएक्स लाइन +डी आइ लाइनलाइ क्रस गरेर माथितिर फर्किएको थियो तर आज माथि तिर निरन्तरता नभएको जसले ट्रेन्ड रिभर्सल हुनसक्ने जस्तो देखिएको छ। आज बजारमा खरिदकर्ता हाबी हुँदै गएको तथा खरिद मोमेन्टम बढेको सङ्केत गर्छ। आरएसआइ आज २७.४४ बाट आक्रामक वृद्धि भएर ३६ मा आएको छ जसले आरएसआइको मोमेन्टम बढेको जनाउँछ
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २५०० को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको अवरोध २६१० को एरिया रहेको देखिन्छ।
Comments