कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ । बैंकले आगामी असार १९ गते, बुधबार सोह्रौँ वार्षिक साधारण सभा गर्ने भएको हो ।

सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासंग मर्जर तथा एक्विजिशन सम्बन्धि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारि दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभामा गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत हुनेछ । यसका साथै लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित हुनेछन् । साधारण सभा प्रयोजनार्थ बैंकले असार १ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।

एजेन्सी

Comments

Back to top