नागरिक लगानी कोषको लाभांश घोषणा

नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ। जेठ ३२ गते बसेको कोषको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कोषले हाल कायम चुक्ता पूँजीको कुल १४.७३६८ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १४ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७३६८ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

नेपाल सरकार, अर्थमन्त्रालयबाट सहमत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

एजेन्सी

Comments

Back to top