एनएमबि लघुवित्तले बोलायो साधारणसभा

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले ११औं वार्षिक साधारणसभा असार २१ गते गर्ने भएको छ । कम्पनीको जेठ ३१ गते बसेको संचालक समितिको बैठकले पोखराको होटल बाराही पोखरा प्रा.लि.मा दिनको साढे ११ बजे सभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्ष (आव) को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । संचालक समितिमा एक जना संस्थापक र दुई जना सर्वसाधारण, स्वतन्त्र संचालक र एनएमबि बैंकबाट प्रतिनिधित्व गर्ने संचालकको नियुक्ति गर्नेछ ।

कम्पनीले अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर प्रक्रिया अघि बढाउने र सोको लागि संचालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले असार ७ देखि २१ गतेसम्म बुक क्लोज गर्नेछ । यसका आधारमा असार ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन् ।

एजेन्सी

Comments

Back to top