नेप्सेमा ९.३२ अंकको गिरावट, कारोबार रकम ६ अर्ब ४४ करोड!

बिहिबार नेप्से परिसूचक ९.३२ अंकले घटेर २,११२.२९ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१३ कम्पनीको कुल १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयरको करिब ६ अर्ब ४४ करोड ३० लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ९४ कम्पनीको सेयर मूल्य बढेको छ, १४७ कम्पनीको मूल्यमा गिरावट छ भने ५ कम्पनी स्थिर रहेका छन्।

यस दिन कारोबार भएका ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा समृद्धि फाइनान्स लिमिटेड र कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा मीड सोलु हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड ४७ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै हिमालयन बैँक लिमिटेडको प्रोमोटर सेयरको कारोबार भएको छ।

Comments

Back to top