नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम ५ अर्ब ८९ करोड!

बुधबार नेप्से परिसूचक ६.३७ अंकले बढेर २,१२१.६२ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१२ कम्पनीको कुल १ करोड २९ लाख ५० हजार ४०७ कित्ता सेयरको करिब ५ अर्ब ८९ करोड ४० लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ११९ कम्पनीको सेयर मूल्य बढेको छ, ११५ कम्पनीको मूल्यमा गिरावट छ भने १३ कम्पनी स्थिर रहेका छन्।

यस दिन कारोबार भएका ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा समृद्धि फाइनान्स लिमिटेड र मीड सोलु हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा सयपत्री हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ४.४८% ले घटेको छ। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रचर एन्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड ६३ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top