प्रि ओपन सेसनमा नेप्से परिसूचक १.६५ अंकले बढ्यो !

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १.६५ अंकले बढेको छ। 

मंगलबार ३३.१५ अंकले बढेर २,११५.२४ मा बन्द भएको नेप्से आज प्रिओपन पछि २,११६.९० मा खुलेको हो। कुल १०,४२५ कित्ता सेयरको खरिदबिक्री करिब ६० लाख ९२ हजारमा कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका ६० कम्पनीमध्ये ३५ को मूल्य बढ्यो भने २१ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा भने कुनै परिवर्तन छैन।

यस अवधीमा कुल ११८ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top