जम्मुमा बस दुर्घटनाः मर्नेको सङ्ख्या २२, ६९ जना घाइते

भारतको जम्मु–कश्मीरको जम्मुमा बिहीबार भएको सडक दुर्घटनामा मर्नेको सङ्ख्या २२ पुगेको छ ।

यात्री भरिभराउ रहेको बस जम्म–पूंछ राजमार्गको अखनूरमा पर्ने चूंगी मोडमा भीरबाट खसेको थियो । बसमा सवार ६९ यात्री घाइते रहेको बताइएको छ । बसमा ९१ जना सवार थिए । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र केहीलाई जम्मू मेडिकल कलेज (जेएमसी) पठाइएको बताइएको छ ।

उत्तर प्रदेशको नम्बर प्लेट भएको सो बस हरियाणाको कुरुक्षेत्रबाट शिवखोडी धाम जाँदै गर्दा दुर्घटनामा परेको हो । तीव्र गतिमा गुडिरहँदा विपरीत दिशाबाट आइरहेको बसका कारण सन्तुलन गुमाएर बस भीरमा खसेको बताइएको छ ।

एजेन्सी

Comments

Back to top