हङकङका १४ जना प्रजातन्त्रवादी नेता विद्रोह मुद्दामा दोषी ठहर
हङकङ अदालतले चौंध जना प्रजातन्त्रवादी कार्यकर्तालाई दोषी ठहर गरेको छ । चीनको कानुन अनुसार उनीहरुलाई आजीवन कारावासको सजाय सुनाइएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
पूर्व सांसद ले उंग क्वोक हङ्ग, लैम चेउक टिंग, हेलेना वोंग र रेमंड चैन लगायत १४ जनालाई दोषी ठहर गरिएको हो । सरकारले बनाएको तीन सदस्यीय बेञ्चले उनीहरुलाई सरकार विरोधी गतिविधि गरेको भन्दै दोषी ठहर गरेको हो । अदालतले अन्य दुईजनालाई भने सफाइ दिएको छ ।
दोषी करार गरिएकाहरुमाथि चीनले लागू गरेको राष्ट्रिय सुरक्षा कानून अन्तर्गत विद्रोह गर्ने षड्यन्त्र गरेको अभियोग लगाइएको थियो । उनीहरुमाथि सरकार ढाल्न चलखेल गरेको आरोप लागेको थियो । प्रजातन्त्रका पक्षधरमाथि गरिएको फैसालालाई आलोचकहरूले भने कानूनको शासन र विश्वव्यापी वित्तीय केन्द्रको रूपमा रहेको हङकङको प्रतिष्ठामाथि प्रहारका रुपमा अथ्र्याएका छन् ।
अदालतको फैसलाले स्थिर सरकारलाई सहयोग गर्दै न्यायिक स्वतन्त्रतालाई थप सुरक्षित गरेको हङकङ सरकारको प्रतिक्रिया छ ।
एजेन्सी
Comments