सिरोहिया नागरिकता प्रकरणः जारी गर्ने र प्रतिलिपी दिने कर्मचारीलाई पक्राउ गर्ने तयारी

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता जारी गर्ने र प्रतिलिपी दिने कर्मचारीलाई पनि प्रहरीले प्रकाउ गर्ने भएको छ । 

सिरोहियाको नागरिकता जारी गर्ने र प्रतिलिपी दिने तत्कालीन दुई कर्मचारी पनि अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गर्ने अनुमति लिएको हो ।

प्रहरीले जिल्ला अदालत धनुषाबाट वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध पक्राउ पूर्जी लिएको छ।

सिरोहियाको नागरिकतामा हस्ताक्षर गर्ने तत्कालिन प्रशासकीय अधिकृत काशीराज दहाल प्रहरीकहा बयान दिन पुगेका थिए।
अनुसन्धानबाट ०३४ सालमा जिल्ला प्रशासन कार्यालयबाट बुवा स्व. घासीराम मारवाडीको नागरिकता अंकिकृत भएपनि सिरोहियाको वंशजको नागरिकता जारी गरिएको खुलेको छ ।यस बिषयमा मधेश प्रदेश प्रहरी कार्यालयले अनभिज्ञता प्रकट गर्‍यो भने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले फोन काटेका छन्।

एजेन्सी

Comments

Back to top