नेप्से प्रिअ‍ोपन सेसन: २ अंकको ह्रास

साताको अन्तिम कारोबार दिन प्रिअ‍ोपन सेसनमा नेप्से परिसूचक साढे २ अंकले घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ३०.३६ अंक घटेर २५१४.५८ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा २.५५ अंक घटेर २५१२.०४ विन्दुमा झरेको छ। यता सेन्सेटिभ इण्डेक्स ०.०५ अंक घटेको छ।

बिहीबार प्रिओपन सेसनमा १३ लाख ४० हजार बराबरको १२७० कित्ता सेयर खरिदबिक्री भएको छ। त्यसमध्ये एउटा कम्पनीको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ।

Comments

Back to top