संसद छलेर अध्यादेश जारी गर्ने सरकारको निर्णयप्रति कांग्रेसको आपत्ति

नेपाली कांग्रेसले सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई गरेको सिफारिसप्रति आपत्ति जनाएको छ। कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले विज्ञप्ति जारी गर्दै सरकारले देश र जनतासँग प्रत्यक्ष रुपले सम्बन्धित केही महत्वपूर्ण कानूनहरुलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरी राष्ट्रपति समक्ष प्रस्तुत गरेको विषयतर्फ नेपाली कांग्रेसको ध्यान गम्भीर रुपले आकृष्ट भएको जनाएका हुन् ।

कांग्रेसले संघीय संसदको गत अधिवेशन भन्दा पनि महिनौँ अगाडिदेखि तयारी प्रारम्भ भएको लगानी सम्मेलनलाई सम्बोधन गर्ने निहुँमा सरकारले अध्यादेश जारी गरेको भन्दै आपत्ति जनाएको हो । सरकारको यो कामले प्रचलित संविधानको अपव्याख्या हुनुका साथै संसदीय व्यवस्था र लोकतन्त्रको मर्म विपरीत रहेको कांग्रेसले बताएको छ । 

साथै कांग्रेसले सरकारले संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने गरी गरेको गैरजिम्मेवार, लोकतन्त्र र संसदीय अभ्यास विपरीत कार्यको विरोध गर्दै निन्दा गरेको छ । साथै सरकारलाई संसद छलेर अध्यादेश ल्याउने कार्य गरी संसदलाई कमजोर नगर्न सचेत गराएको छ । 

एजेन्सी

Comments

Back to top