नेप्सेमा ५.६३ अंकको वृद्धि, कारोबार ३ अर्ब १२ करोड!

बिहिबार नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६.२३ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१३ कम्पनीको कुल ७० लाख ५८ हजार ३९९ कित्ता सेयरको करिब ३ अर्ब १२ करोड १२ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ११५ कम्पनीको सेयर मूल्य बढेको छ, ११५ कम्पनीको मूल्यमा गिरावट छ भने, १४ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ९ उपसमूहको परिसूचक  घटेको छ भने ४ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा ओरियन्टल होटलस लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.४६ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा कुमारी सबल योजना रहेकाे छ जसको सेयर मूल्य ८.४८% ले घटेको छ। कारोबार रकमका आधारमा नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १६ करोड ९७ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको कारोबार भयो।

Comments

Back to top