नेप्सेमा १५.४१ अंकको गिरावट, २ अर्ब ५ करोडको सेयर कारोबार!

सोमबार नेप्से परिसूचक १५.४१ अंकले बढेर १९६९.०२ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३२० कम्पनीको कुल ५६ लाख ५६ हजार २८२ कित्ता सेयरको करिब २ अर्ब ५ करोड ८३ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ४९ कम्पनीको सेयर मूल्य बढेको छ, १८६ कम्पनीको मूल्यमा गिरावट छ भने, १० कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका १२ उपसमूहको परिसूचक  घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा पिपुल्स पावर कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य ६.९१ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा डोल्टी पावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.३७% ले घटेको छ। कारोबार रकमका आधारमा गुर्खाज फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड ५४ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबेभन्दा धेरै जोशी हाइड्रोपावर डेभलपमेन्टको कारोबार भयो।

Comments

Back to top