प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.३५ अंकले घट्यो !

सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.३५ अंकले घटेको छ। 

आइतबार १२.२९ अंकले बढेर १९८४.४३ मा बन्द भएको नेप्से आज प्रिओपन पछि १९८४.०८ मा खुलेको हो। कुल ४,५२२ कित्ता सेयरको खरिदबिक्री करिब १७ लाख ४२ हजारमा कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका २९ कम्पनीमध्ये ९ को मूल्य बढ्यो भने १४ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा भने परिवर्तन छैन।

यस अवधीमा कुल ५० पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top