एभरेष्ट बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक

एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक रिपोर्ट अनुसार कम्पनीले २ अर्ब ६० करोड ८४ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको तुलनामा ५.७७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले २ अर्ब ४६ करोड ६० लाख ६४ हजार रुपैयाँ नाफा गरेको थियो ।

यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी ०.८२ प्रतिशतले बढेर ५ अर्ब ६३ करोड ३० लाख ६४ हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ५ अर्ब ५८ करोड ७२ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ५२ करोड २९ लाख रुपैयाँ रहेको कम्पनीको संचालक नाफा बढेर ३ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ, जगेडा कोष ११ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ,वितरणयोग्य नाफा३ अर्ब २६ करोड रुपैयाँबाट घटेर २ अर्ब ७५ करोड ११ लाख रुपैयाँ र खराब कर्जा ०.७० प्रतिशत मै स्थिर रहेको छ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ५५ पैसा र प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ ७३ पैसा रहेको छ ।

एजेन्सी

Comments

Back to top