नेपाल वेयरहाउजिङ कम्पनीको लक इन अवधि जेठ १९ गते सकिने

नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको ६८ हजार बढी कित्ता शेयरको लक इन अवधि आउँदो जेठ १९ गते सकिने भएको छ ।

कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरले १३ लाख ७५ हजार कित्ता आईपिओ निष्काशन गरको थियो । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आईपिओ गत मंसिर २० गते बाँडफाँड गरेको थियो ।

यसरी बाँडफाँडमा कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ६८ लाख ७५ हजार रुपैयाँबराबरको ६८ हजार ७५० कित्ता शेयर लक इनमा रहेको थियो । आउँदो जेठ १९ गते सोही शेयरको लक इन अवधि सकिने कम्पनीले जनाएको छ ।

एजेन्सी

Comments

Back to top