बिहिबार नेप्सेमा १९.५६ अंकको गिरावट, २११ कम्पनीको घट्यो सेयर मूल्य!

बिहिबार नेप्से परिसूचक १९.५६ अंकले घटेर १९७२.१४ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३१५ कम्पनीको कुल ५३ लाख ४४ हजार ६१३ कित्ता सेयरको करिब २ अर्ब ९ करोड ३६ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २७ कम्पनीको सेयर मूल्य बढेको छ, २११ कम्पनीको मूल्यमा गिरावट छ भने, ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक  घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य ७.९४ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा रुरु जलविद्युत परियोजना लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.९९% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा गुर्खाज फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड ८२ लाख बराबरको सेयर कारोबार भएको छ।  

Comments

Back to top