इजरेली आक्रमणले गाजामा हमासका पूर्वाधार नष्ट

मध्यगाजामा इजरेली सेनाले हवाई आक्रमण गरी रकेट लन्चर तथा हमासको आतङ्ककारी पूर्वाधार नष्ट गरेको छ । यसै क्रममा केही आतङ्कारीहरूलाई पनि नष्ट गरेको इजरेली रक्षा बलले बुधबार जनाएको छ । 

इजरेली सेनाको नजिकै सशस्त्र ड्रोन सञ्चालन गर्ने हमास टोलीमाथि एउटा आक्रमण भएको थियो । आक्रमणमा इजरेली विमानहरूले धेरै रकेट लन्चरहरू प्रहार गरे, जुन इजरेलमा रकेट फायर गर्न तयार थिए ।

भूमिगत प्रक्षेपण चौकीहरू, भवनहरूलगायत सशस्त्र आतङ्कारीले सञ्चालन गर्ने सैन्य संरचनाहरू र भूमिगत स्थानहरूसहित ४० भन्दा बढी पूर्वाधारहरूमा प्रहार गरियो ।

गत अक्टोबर सातमा गाजा सीमा नजिकै इजरेली समुदायहरूमा भएको हमासको आक्रमणमा कम्तीमा एक हजार दुई सय मानिस मारिएका थिए । 

यसै क्रममा दुई सय ४० इजरेली तथा विदेशीहरूलाई बन्धक बनाइएका छन् । एक सय ३४ जना बन्धकमध्ये इजरेलले हालै ३१ जनालाई मृत घोषणा गरेको छ । 

एजेन्सी

Comments

Back to top