घट्यो डिजेल र मट्टितेलको भाउ, पेट्रोल र ग्याँस यथावत्

पेट्रोलियम पदार्थको भाउ घटेको छ । नेपाल आयल निगम लिमिटेडले इन्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएको भन्दै नेपालमा पेट्रोलियम पदार्थको भाउ घटाएको हो । 

जसअनुसार डिजेल र मट्टितेलमा २ रुपैयाँ घटाइएको छ । तर पेट्रोल र एलपीजी ग्याँसको मूल्य भने यथावत् राखिएको छ । 

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ सात डलर वृद्धि गरिएको निगमले जनाएको छ । 

एजेन्सी

Comments

Back to top