यस वर्षको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत मात्रै हुने

नेपालको यस वर्षको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने भएको छ ।

केन्द्रीय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धि विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष अर्थतन्त्रको आकार गत वर्षको भन्दा बढी दरले बढ्ने अनुमान गरेको हो ।

गत वर्षको आर्थिक वृद्धिदर १.८६ प्रतिशत थियो । साथै, अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रुपैयाँ पुग्ने देखिएको छ । नेपालको कुल गार्हस्थ्य उत्पादन ३.५४ प्रतिशतले विस्तार हुनेछ ।

चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर ३.०५ प्रतिशत र गैर कृषि क्षेत्रको ३.७५ प्रतिशतले हुनेछ । उपभोक्ता मूल्यमा ३.८७ प्रतिशतको वृद्धिदर भएपनि आधारभूत मूल्यमा भने ३.५४ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

गत वर्ष देशको अर्थतन्त्र उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधार मूल्यमा २.१६ प्रतिशस्तले विस्तार भई आकार ५३ खर्ब ८१ अर्ब पुगेको थियो ।

एजेन्सी

Comments

Back to top