कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी चन्द्रा देवी कँडेलको नाममा रहेको १५ हजार ७६६ कित्ता र रन्जिता मानन्धरको नाममा रहेको ११ हजार ६९८ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा सो शेयर संस्थापक भन्दा बाहिर बिक्रीको प्रक्रिया थालिने बैंकले जनाएको छ ।

एजेन्सी

Comments

Back to top