बुद्धभूमि नेपाल हाइड्रोपावरले १५० प्रतिशत हकप्रद जारी गर्ने

बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १५० प्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगसँग पूर्व स्वीकृति मागेको हो ।

कम्पनीले १५० प्रतिशत अर्थात् १ः१.५ अनुपातमा ६० लाख कित्ता हकप्रद जारी गर्न आयोगसँग स्वीकृति मागेको हो । हाल यस कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

एजेन्सी

Comments

Back to top