नेप्से इन्ट्राडे अपडेट: ०.४८ अंकको वृद्धि!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक ०.४८ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ०.४८ अङ्कले बढेर २०२६.१९ मा आएको हो। २८८ कम्पनीको ३,३१७,१०७ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ३१ करोड ९३ लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा राप्ती हाइड्रो एन्ड जेनेरल कन्स्ट्रसन लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ७.३५% वृद्धि भएको छ भने टप लुजरमा सिइडीबी हाइड्रोपावर डेभ्लप्मेन्ट कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य ३.३२% ले घटेको छ।

Comments

Back to top